नियम ११
माछा मार्न अनुमति लिनु पर्ने

११. माछा मार्न अनुमति लिनु पर्ने

(१) निकुञ्जभित्रको नदी, खोला, नाला, ताल वा पोखरीमा माछा मार्न चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको दस्तुर बुझाउनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दस्तुर बुझाएपछि संरक्षक वा निकुञ्जको कर्मचारीले आवश्यक शर्त तोकी अनुसूची–४ बमोजिमको माछा मार्ने अनुमतिपत्र दिनेछ ।